h

News

हङकङको नेपाली साहित्यकार, गीतकारहरुमा नाम छुटाउन नहुने व्यक्ति-- डीबी पालुङ्वा

2016-09-01

news

हङकङको नेपाली साहित्यकार, गीतकारहरुमा नाम छुटाउन नहुने व्यक्ति हुन डीबी पालुङ्वा । उहाँसँगका गरिएको अन्तवार्तालाई यहाँ प्रस्तुत गरिएको छ । ---- सम्पादक

१ , डी बी पालुङ्वाज्यू तपाईलाई के भनेर बोलाउ कवि या गीतकार ?
>> मलाई डी बी पालुङ्वा मात्रै भनी दिए त्यो नै मेरो लागि प्रयाप्त हुनेछ कवि
गीतकार अथवा अरु कुनै शब्दले संबोधन गरिए उसलाई भिराईएको उपमा  मात्रै हो कि भन्ने  लाग्छ ।आज भोलि ब्यक्ति हरुको नाम अघाडी ठूलठूला शब्दहरुको जताततै अवमूल्यन ढङ्गले प्रयोग भर्ईरहेको  महसुश म गर्दछु । त्यो राम्रो होइनकी जस्तो लाग्छ । शब्दहरुको पनि आफ्नै मूल्य र मान्यता हुनै पर्ने हो भन्ने  लाग्दछ ।

२ , तपाईलाई मन पर्ने विधा ?
>> जरुरै पनि मलाई मन पर्ने  विधा कला  साहित्य र संगीत नै हो ।साहित्य पढ्न लेख्न गीत संगीत सुन्न र महशुष गर्न मन पराउछु ।  यी सबै कुराहरुलाई समायोजन गर्न भने एक्दमै गाह्रो हुदोरहेछ। त्यसैले सफलताको कुरा गर्दा त्यो निक्कै  टाढा  होलाकी भन्ने पनि नलागेको होईन ।

३ , तपाईको गीतको बारेमा बताई दिनु होस न ?
    >> मेरो आफ्नो शब्द रचनामा आधनिक गीति एलबम " आलाप " को २००८ जुलाई १ तारिख नेपाली साहित्य प्रतिस्ठान हङ्कङ्को  आठौ बार्षिकउत्सवमा समय मिलाएर रिलिज गरेको थिएं । जुन एलबममा हङ्कङदेखि नेपालसम्मकै चर्चित संगीतकार ज्युहरुको संगीतमा नेपालकै चर्चित गायक गायिकाहरुको स्वरमा आएको थियो । जुन एलबम हङ्कङ्को गीत संगीतको बजारमा एउटा कोसे ढुङ्गा हो  भन्ने कुरा सबैले स्विकार गरेको कुरा मेरो आफ्नै कानले सुनेकोछु । जस्ले गर्दा म गीत संगीतमा निक्कै उत्साहित भएर अरु पनि गीतहरु बेला बेलामा लेख्दै आईरहेको छु ।

४ , साहित्य सृजना कहिले देखि गर्दै हुनुहुन्छ ?
>> झन्डै दुई दशक जति हुदैछ ।

५, कबिता संग्रह बारे बताईदिनु होस न ?
      >> गएको बर्ष मैले एउटा "विसङ्गति" नाम गरेको कबिता संग्रह लिएर बजारमा आएको थिएं ।तर विसङ्गति भन्दैमा त्यहां भित्र सबै कुरा विसङ्गती छ भन्ने होईन , त्यहां भित्र माया प्रेमको कुराहरु छन,  मिलन बिछोड, यौनका कुरा,यौन कुन्ठाका कुराहरु छन, संगती अनि विसंगतिका कुराहरु, अनि सारा जीवन र ज गतका कुराहरु छन ।साहित्यमा बिशेष  अर्थमा विसङ्गति शब्द अति गहन र गहिरो विषय हो ।यहाँ यो झन्डै अर्मुत शब्द हो ले यो सृष्टि अथवा यो सिङ्गो ब्रम्हान्डलाई नियालेर हेर्दछ ।त्यसैले यो एउटा विसंगति वादको दर्शन हो।यो वाद  पस्चिमा मुलुकहरुमा दोश्रो विश्व युद्ध हुनु भन्दा अघाडि प्रतिपादन भईसकेको  कुरा हो ।म त यस् को समर्थनमा मैले जाने बुझेका मैले भोगेको जीवन लेख्ने साहित्यमा लिप्त पारखी मात्रै  हो, तर आस्चर्यको विषय त यो भयोकी
हङकङमा यत्तिका साहित्यकार पत्रकार, पाठकहरु छन, उनिहरुमा यो विसङ्गतिवाद  सम्बन्धी अलि जानकार नभएको पो हो कि जस्तो पनि लाग्यो। त्यसैले पनि हङ् कङमा यो निक्कै बिबादित पनि बन्यो। अब डी बी पालुङ्वा  पनि विसंगतिबाद को प्रबर्तक बनेर आयो भनेर। तर यस्तो होईन ,यस्लाई  बुझ्न त अध्यन कै जरुरी  हुन्छ ।यहाँ थोरै कुरा भनेर यो बादको बाख्या गर्न संभब पनि छैन । तर समग्रमा भन्नू पर्दा  विसंगति भन्नु नै संगतिको अभाव हो , यो संगतिको अभाबग्रस्त छेत्रबाट मुक्तिको बाटो खोज्नु र रोज्नु विसंगतिबादी दर्शनको उपाय हो ।संसार बिनासबाट मुक्त्त रहन सक्दैन । किनभने यसको जगनै अप्राकृ तिक संरचनाको धरातलमा अडेको छ। मानिस समाजमा स्थापित भएर बांच्नको लागि  सधैं आफू अनुकुल को वातावरण शृजना गर्न चाहान्छ,त्यतीखेर जस्ले अनेकौ अप्राकृतिक श्रोत र साधन संग उ संगत गर्न पुग्दछ ।त्यसैले हाम्रो जीवनमा बिभिन्न प्रकारका विसंगति हरु संगको लडाई नै विसंगतिबादी दर्शनको मुख्य  नारा हो । दर्शन भन्ने विषय अर्मुत्त हुन्छ । त्यहां भित्र के कुरा हुदैन ।  त्यो हामी ले बुझ्न जरुरी हुन्छ ।समय अभाबका कारण अहिले यति नै बोल्न चाहन्छु । भबिस्यका कुराहरु छदैछन ।मेरो उप स्थिती रहिरहने छ ।


६ , हङ्कङ्को साहित्य बारेमा तपाईको धारणा के छ ?
>> साहित्यमा मात्रै होईन आज भन्दा अघिका   दिनहरुमा हङ कङका साहित्य कर्मिहरुले ज जसले जेजे लेखे गीत संगी त कर्मिहरुले जे जस्तो गीत संगीतहरु ब जारमा ल्याए , जस्लाई हामिले सकारा त्म क रुपले हेर्नू  पर्दछ । ईमान्दार भएर समाजलाई नियाल्नु पर्दछ ,समाजबिज्ञानको कुरा लेखिनु पर्दछ  देशबिदेशको कुरा  अनि नोस्टाल्जियाको कुराहरु लेखीनु पर्दछ ।सबाल्टर्न किनारिएकाहरुको बा रेमा धेरै कुराहरु लेखिन  बांकी नै  छ । यता तिर पनि धयान दिन भुल्यौ   भने  हामी चिप्लने छौ ।आजको योग्लोबोलाई जेसन र ईन्टरनेटको जबानामा सबैले एउ टा हाते मोबाईलको भरमा संसारका गुण  स्तरिय साहित्य कला गीत संगीत जेपनि  जस्तो पनि हेर्न सुन्न र पढन  पाउने अबस्था छ ।त्यस कारणले गर्दा पनि हामिले त्यस्ता विश्व स्तरिय साहित्य कला गीत संगीत सङ्ग प्रतिस्प्रधा गर्ने दिन पहिल्यै आईसकेको हो र पनि पहिलाकै मनिस्थि तिबाट हामी गुज्रिरहेका छौ।अब हामीले साहित्यमा  मात्रै होईन गीत संगीत र क लामा पनि  नयां पुराना  पुस्ताहरुलाई स मेट्ने प्रकारको सृजनाहरु बजारमा ल्याउ नु सक्नु पर्दछ ।तब मात्र नेपाली साहित्य कला र गीत संगीतको  स्तर माथि उठन सक्दछ भन्ने कुरामा म जोड दिन  चाहा  न्छु ।बाल साहित्य छुटाउन नहुने विषय अर्को  छदैछ ।

७, नेपाली साहित्य प्रतिस्ठान बारे केही  बताई दिनुहोस न ?
   नेपाली साहित्य प्रतिस्ठान हङ्कङ्लाई विश्व साहित्यका सर्जक र पाठकहरुले नियाली रहेकै छ पढिरहेकै छ।हङ्कङमा सृजनशील साहित्य समाज ,आदिबासी  जनजाति साहित्य  समाज , आदिवासी गीतकार  समाज , साहित्यिक    साझा सृंखला हङ्कङ नेपालि साहित्य  परिषद हङ्कङ जस्ता अनेकौ साहित्यिकसंस्थाहरु मध्ये को सबै भन्दा जेठो र साहित्यलाई निरन्तरतामा मात्रै बिस्वास नगर्ने र सधैं अभ्यस्त  रहि बौद्धिक र ज्ञानबर्धक सामाङ्ग्रीहरु पाठकहरु र समाजलाई के ही न केही दिउ नै भन्ने उदेश्य रहि आए  कोले  सामुहिक एबं ब्यक्तिगत तवरले हामी लागि परेकै छौ, साथै अन्य साहित्यिक संस्थाहरु सङ्ग भाईचाराको  रुपमा सहयोगी भएर आज सम्मको नेसा प्रतिस्ठान हङ्कङ्को साहित्यिक यात्रा को दुरी तय गर्दै आईरहेका छौ ।अहिलेलाई य हाँ यति मात्रै बोलुं होला ।

८ ,तपाईलाई कस्ता गीतहरु गीतहरु मन पर्छन ?
>>  जीवन र जगतको धरातलमा टेकेर य थार्थपरक ढङ्गबाट लेखिएको  गाईएको शन्देशमुलक जस्ले मनमुटु र मस्तिष्क दु बैलाई छोईदेवोस । उदारणको लागि मेरो आफ्नै एलबम " आलाप " को  महेश खड्काको संगीतमा दिपक लिम्बूले गाए
को एउटा गीत प्रस्तुत गर्न चाहान्छु ,
गीत यस्तो छ -----

अजम्बरी को छ र  मान्छे सबै दुईदिनको  पाहुना  
अमर भई बांची  रहने  मेरो  गीतको सपना

जो मेरा थिए हिजो र आज ती  सबै बिपना
सुख र दुख अतितक पल मैले  लेखिन
भोलि या पर्सि नरहुला म त्यो ईस्वरकै खटन

मान्छे सङ्गै मरेर नजावोस कुनै सृजना
एउटाले होईन जगतले सुनोस मेरोबन्दना
लिएर जानू के नै छ यहां छाडि जाने सम्झना
   
यस्ता प्रकारका गीतहरु मलाई बढी मन पर्छन । मनोरन्जनका गीतहरु पनि मानिसहरुको लागी नभई नहुने  भएकोले  त्यो पनि चाहिन्छ ,  त्यो   भीड भित्रको मानिस मध्येको म  पनि हु नै ।  त्यसैले मनोरन्जनका गीतहरु   पनि मलाई औधी मन  पर्छन ।

९,आगामी योजना बारे बताउनुहोस न ?
>> ईच्छा र चाहानाहरु नभएको मान्छे हरु यो दुनियांमा को नहोला ,त्यो दुनियां   भित्रको मान्छे म पनि हुं ,मेरा पनि  ईच्छा आकाङ्क्षाहरु धेरै छन, ईमान्दरिपुर्बक पारिबारीक, ब्यबहारिक जीवन जीउनु पनि समाजको लागि पथप्रदर्शकको भुमि का अप्रत्यक्ष रुपमा रहला भन्ने म ठान्दछु । साहित्यनुरागि भएको हैसियतले सोध्न खोज्नु भएको हो भने अध्यन धेरै लेखन थोरै मेरो रुचिको विषय भएकोले विशेष गरि कबिता र गीती  बिध्या लाई निरन्तरता दिनु नै हो ।तर समयले साथ नदि रहेको अबस्थाले निसासिदो र दिक दारिपनामा गुज्रीरहेको छ मेरा अतित र बर्तमान ।त्यस्ता खास योजनाहरु केही नभएता पनि  थांती रहेका चाहानाहरु पू रा होला नहोला त्यस्कै  पछि लाग्नु  मेरो जीवन को यथार्थमा भ्रमले नै मलाई जिउ न उत्साहित गरिरहेको हुन्छ ।

१०, विस्वमा रहेका साहित्य प्रेमीहरुलाई केही भनिदिनुहोस न ?
   >> ग्लोबल भिलेजको आजको दुनियांमा साहित्य अहिले संचारको माध्यम भएको छ । आफ्नो देश छोडेर   हिडिसके पछि माया प्रेम पारिबारिक बिघटन यौनकुन्ठा संस्कार संस्कृति र देशप्रेमले    सबैलाई सिक बनाई रहेकै हुन्छ ।त्यसैले  यस्ता कुन्ठाका कुराहरु त साहित्यमा आईरहेकै छन । आउनु पनि पर्दछ,तर विश्वभरि छरीएर रहेका साहित्यनुरागी साहित्य प्रे मिहरुलाई मैले के भनिरहनु पर्छ होला र ? तै पनि यहाँ म धेरै कुरा नराखिकन येही भन्न चाहान्छुकी,हामी जहाँ जंहा छौ, बस्छौ त्यहा त्यहाको रहन सहन  भौगोलिक, सामाजिक, रीतिरिवाज , संस्कार संस्कृतिहरुलाई उजागर गर्ने   प्रकारको साहित्यहरु लेखियो भने विश्वमा छरिएर रहेका आमनेपाली जनताहरुलाई जानका रिमुलक मात्रै  नभएर त्यो खोजमुलक र उपलब्धि मुलक हुन्थ्यो होला भन्ने पनि   मलाई लाग्दछ ।

११, हङ्कङ्का पाठकहरुलाई केही भनि दिनुहोस न ?
 >> हङ्कङ्मा साहित्यका पाठकहरु केकति  छन त्यो हाम्रो अन्दाज भन्दा फरक होला
। तर जहाँ सम्म मलाई लाग्दछकी, त्यस् को संख्या एक्दमै न्यून छ ।उनिहरुलाई पनि हङ्कङ्को ब्यस्त समयले अस्त ब्यस्त बनाईरहेको अबस्था पनि हो।अ र्को  सत्य कुरा के हो भन्दाखेरी हङ्कङ् का सानातिना सघं संस्थाको सानातिना क्रियाकलापहरु र बि बि क्युले आम हङकङ्ङेली नेपालिहरुलाई अल्मलाईरहेको अबस्था पनि हो ।अनि बहाना गर्छौ,  पढ्ने समय नै  हामिमा कहाँ छ र ? खानपिन सम्बन्धी लापरबाहि अनभिज्ञ र अध्यन चिन्तनमा उदासिन  रहनु यो कदापी रामो पछ्य होईन । भेटघाट गर्नु  हांसखेल गर्नु दुख सुख शेयर  गर्नु यो आफैमा राम्रो पक्ष  त हो तर यस्को न्युनिकरण भन्नाले विशेष गरेर बिबिक्यु  र विभिन्न प्रकारका तढक भढकहरु आवस्यक भन्दा अनावस्यक कुराहरुलाई कम गर्ने मागहरू  भएता  पनि आम नेपालीहरु त्यो मार्गमा नहिडेर   विभिन्न
झुन्ड र समुहमा बिभाजित भएर हिडिदिए पछि कस्को के लाग्छ र ? आजको चिन्ताले भोलिको लागि राम्रो हुन्छ अथवा राम्रो परिणाम दिन्छ  भन्ने कुरा हामी सोच्दैनौ ।

१२, अन्तमा
 मेरा मनको कुरा तपाईको लोक प्रिय वेब पत्रिका Alopalo.com मा
राख्ने मौका दिनु र मैले मेरा बिचारहरु यसरि पाठकहरु समक्छ्य पुरयाने जुन संयोग तपाईले जुराई दिनुभयो यस्को लागि देवराज जी तपाईलाई हृदय देखि नै धेरै धेरै धन्यबाद दिन चाहान्छु।तपाईं र तपाईको Alopalo.com अझ लोकपृय बनोस भन्ने कामना सहित अन्त्यमा? सम्पुर्ण विश्व भरी छृरिएर रहेका  नेपाली दाजु भाई तथा दिदि बहिनिहरु साहित्यप्रेमी साहित्यनुरागी पाठकबृन्दहरुमा म येहि भन्न चाहान्छुकी नेपाली कला साहित्य गीत संगीत संस्कार संस्कृती भासा यी सबै हाम्रा अमूल्य निधिहरु हुन । यसला ई जोगाएर राख्न सक्यौ भने यी सबै कु राले हामी समृद्द भईरहनेछौ,  भन्ने  निबेदनका साथ फेरि पनि तपाईं लगायत  सम्पूर्णमा धन्यबाद भन्न चाहन्छु ।

Comment