h

News

पूर्वको पर्यटकीय ग्राम भेडेटार नपुगे यात्रा अधुरो

news

सेताम्मे हिउ फूल्ने कंचनजंघा र मकालु हिमालको काखमा लमतन्न परेको धनकुटा बजार र दक्षिणमा चारकोशे झाडी मास्दै फैलिएको सुन्दर नगर धरानलाई हेरेर बसेको पर्यटनग्राम भेडेटार पूर्वको पर्यटकिय गन्तव्य बनेको छ ।
आकार्षणको केन्द्रविन्दु मानिएको पर्यटन ग्राम भेडेटारमा बाह्रैमास आन्तरिक तथा बाह्य पर्यटकहरुको भिड हुने गरेको छ । आदी भूभाग धरान र आद िधनकुटाको स्वामित्वमा रहेको भेडेटार आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षकको केन्द्र विन्दुबन्दै आएको छ । पहाडी श्रृखला मकालु मनास्लु ल्होत्से र कुम्भकर्ण हिमालको दृश्यलोकन धनकुटा बजारको आकर्षण एवं सेउती र सर्दुको वीचमा रहेको धरानको मनमोहक दृष्य अवलोकन गर्न भेडेटार चढ्नेहरुको संंख्या पनि दिन दिनै बढेको छ ।

कामको व्यस्थता र थकान विस्रन प्रत्येक शनिबार भेडेटार पुगेर मनोरञ्जन गर्ने,  पिकनिक खेल्नेहरुको भीड उत्तिक्कै हुने गरेको छ । तराईको उखरमाउलो गर्मी छल्ने स्थान अचेल भेटेटार बनेको छ । सेताम्मे हिमालको दृष्यदेखि लिएर तराईका सुन्दर फाँट पूर्व पश्चिम फैलिएको चारकोशे झाडी तथा सान्ध्यामा गोधुली साँझको दृष्य हेर्ने स्थल आजभोली भेडेटार उपयुक्त बनेको छ । नेपालको पूर्वी क्षेत्र भ्रमणमा आउनेहरु भेडेटार नपुगी फिरे भने उनीहरुको यात्रा अधुरो मानिन्छ । त्यसैले पनि पूर्व घुम्न आउनेहरु भेडेटार नपुगी फर्कदैनन । पश्चिम नेपालबाट झापा, मोरग र सुनसरी आउनेहरु एक पटक भेडेटार उक्लीएर मात्र फर्कछन् ।

काम विशेषले काठमाण्डौबाट विराटनगर आएकी रञ्जुु भट्टराई गएको साता उनकी साथीसहित भेडेटार धरान घुमेर फर्किन । काम विशेषले विराटनगर आएको थिए । बसाई एकदिन लम्बनाएर भेडेटार घुमे ।, उनले भनिन, पूर्व आउदा भेडेटार नपेगे यात्रा अधुरो रहन्छ । त्यसैले श्रीमान् र साथीसहित घुमेर फर्किए ।

समुन्द्र सतहदेखि एक हजार ४ सय ३० मिटरको उचाईमा अवस्थित भेडेटार धरानदेखि १६ किमी उत्तर धनकुटादेखि ३२ किमी दक्षिणको सुनसरी र धनकुटाको संगमस्थलको रुपमा रहेको छ । एकैछिनमा चर्को घाम लाग्नु र एकैछिनमा कुहिरोले ढाक्नु भेडेटारको विशेषता हो । छिनछिनको मौसम परिवर्तन पनि पर्यटकका लागि आकर्षक थप्ने अर्को विषय भएको स्थानीय होटल व्यवसायी जितेन्द्र रुम्दाली बताउछन् ।
भेडेटारको आकर्षण

तराईको सम्मो भूमाग देखि १६ किमी मात्र माथि छ तर उच्च हिमाली भेगको जस्तो हावापानी भेडेटारमा पाइन्छ । यस्तै अनौठो हावा पानी भएको सुनेर नेपाल भ्रमणमा आएका बेलायतका राजकुमार चाल्स्र वि.सं २०४० सालमा भेडेटार आएका थिए । उनले भेडेटारको अग्लो चुचुरोमा चढेर सगरमाथा चढनुको आनन्द लिएको भनाई रहेको छ । पहिलो पटक विदेशी पर्यटन आएर चुचुरामा प्रवेश गरेका कारण उक्त चुचुराको नाम नै चाल्स्र प्वाइन्ट राखिएको छ । यो भेडेटार बजार देखि पश्चिम तर्फ रहेको छ । हाल चाल्स्र चढेको चुचुरामा ३० फिट अग्लो टावर बनाइएको छ । यही टावर पर्यटकहरुको आकर्षणको केन्द्र विन्दु बनेको छ । जहाँ हजारौ पर्यटकहरु चढ्न तछाडमछाड गर्ने गर्छन् । उक्त टावरबाट धरान धनकुटा सप्तकोशीको फाँट चारकोसे झाडी एंव तराईका मनमोहक फाट धित मरुन्जेल अवलोकन गर्न सकिन्छ । भ्यूटावरबाट विहानीपख देखिने दृष्य कैद गर्न प्रकृती प्रेमीहरुको तछाडमछाड हुने गरेको छ । सिजनको बेला टावरबाट दृष्य अवलोकन गर्न दैनिक सयौ पर्यटकहरु आउने गरेको टावर संचालकले बताए । सो टावरमा प्रवेश गर्न प्रतिव्यक्ति ५ रुपैया र क्यामेरा सहित प्रबेस गर्दा १० रुपैया शुल्क लिने गरिएको छ । भने भारतबाट आउनेलाई २० रुपैया र अन्य मुलुकबाट आउनेलाई ५० रुपैया शुल्क निर्धारण गरिएको छ । हाल सो टावर चढ्नेहरुको संख्या बढेको छ । दैनिक ७  हजार भन्दा बढि शुल्क संकलन हुने गरेको छ ।

कामको व्यस्तता विर्सन कर्मचारी व्यापारीदेखि लिएर नवप्रेमी प्रेमिकाहरु आफ्नो प्रेमलाई रोमााचक बनाउन धरानदेखि मोटरसाइकलमा भेडेटार घुम्ने युवायुवतीको जोडी जताततै देख्न पाइन्छ । बर्षायामको झरी बादल र पुष माघको ठन्डीको पनि प्रवाहा नगरि युवा यूवतीहरु भेडेटारको भ्यूटावरमा चढ्न दैनिक भिड हुने गरेको छ ।

कार्तिकदेखि बैशाखसम्म पिकनिक खान पूर्व काकडिभ¤ा पश्चिम जनकपुरसम्मका आगन्तुकहरु भेडेटार चढ्ने गरेका छन् । प्रायः बढी युवायुवतीहरुको युगल जोडी रोमािाचत बन्न पुग्ने भएकाले भेडेटारलाई रियल लभर स्टेशन समेत नामकरण गरिएको स्थानियबासी बताउछन । माया प्रिती साट्न र विवाहीता जोडी हनीमुनी मनाउन काठमाण्डौ देखि समेत भेडेटार आउने गर्छन । भारतका विभिन्न ठाउँबाट समेत पर्यटकहरु भेडेटार आउने गरेक छन् ।  पछिल्लो समय भारतबाट अधिकांश पर्यकटहरु आउने गरेको होटल व्यवसायीहरु ब्ताउछन् । ५० प्रतिशत पयृटक भारतको भएको स्थानियले बताए ।

भेडेटार रमाइलो र आनन्द लिन मात्र पर्यटकहरु जाँदैनन् । नजिकै रहेको पाथीभरादेवी मन्दिर पुगेर आध्यात्मीक चिन्तन गर्न समेत पुग्ने गर्दछन् । भेडेटार देखि पश्चिममा रहेको सागुरी गढी, उत्तरमा २ किमी तल रहेको नमस्ते झर्ना राजारानी नाम्चे बजार एसियामै सव भन्दा ठूलो बरको रुख लगायत भेडेटार आसपासमा अवस्थीत छन । यी ऐतिहासीक धार्मिक महत्वका बस्तुले पर्यटकहरुलाई आकृषित पारेका छन । विशेष गर्मी मौसममा शितलता भर्न र चैत्र बैशाखमा गुराँस फुलेको दृष्यावलोकन गर्न पर्यटकहरु झुम्मिने गर्छन् । स्वदेशी तथा विदेशी पर्यटकहरुको चाप वर्षै्पिच्छे बढ्न थालेपछि पूर्वको आकर्षक पर्यटन स्थल भएको प्रमाणित समेत भएको छ । सरकारले समेत यो स्थललाई राष्ट्रिय पर्यटन क्षेत्र भनेर घोषाणा गरेको छ ।

नाम्जेको आकर्षण
कतिलाई थाहा नहुन सक्छ– धनकुटाको नाम्जे गाउँ सिएनएनले गरेको सर्वेक्षणमा विश्वकै १२औं उत्कृष्टमध्ये आठौं उत्कृष्ट गन्तव्यको सूचीमा सूचीकृत छ । त्यही गाउँ अहिले दिनहुँ फेरिनेक्रममा छ । त्यस ठाउँको चर्चा बढेसँगै अहिले टाढा–टाढाबाट त्यहाँसम्म पर्यटक जान थालेका छन् । साबिक भेडेटार गाविसको वडा नम्बर ७ मा पर्ने नाम्जे भेडेटारबाट मात्रै दुई किलोमिटरको दूरीमा छ । अहिले त्यहाँ साना होटल, होमस्टे प्रशस्तै खुलेका छन् । । त्यसबाहेक व्यवस्थित होटल, सरसफाइ, संग्रहालयको भवनसमेत निर्माण भएकाले पर्यटकको लर्को लागिरहेको छ । यहाँ होमस्टे राम्रो फस्टाएको छ । एक रात विताउन र मगरको हुर्रा नाच हेर्न पर्यटकहरु नाम्जेमा बस्ने गरि प्याकेज बनाएर आउने गर्दछन् ।

नाम्जे यति बेला नयाँ गन्तव्य बनेको छ । अहिले भेडेटारबाट नाम्जेसम्म पुग्न ठूला बस, जीप तथा मोटरसाइकल प्रमुख साधन हुन् । भेडेटारबाट नजिकै रहेकाले भेडेटार पुग्ने जो कोही नाम्जेसम्म पुग्छन् नै । भेडेटार र नाम्जे आसपासमै हुनुको फाइदा स्थानीयलाई पुगेको छ ।

नाम्जेबाट कञ्चनजंघा, कुम्भकर्ण, मकालु हिमालसमेत देख्न सकिन्छ । प्राकृतिक सम्पदा, रुखबिरुवा, स्वच्छ हावापानी नै नाम्जेको प्रमुख आकर्षण बनेको छ । मगर जातिको बाहुल्य रहेको नाम्जे क्षेत्र सांस्कृतिक विविधताले पनि चर्चित छ । विशेष गरी तिहारका बेला नाचिने हुर्रा नाम्जेको अर्को आकर्षण हो । अन्य जातिको समेत बसोबास रहेको उक्त क्षेत्रमा मिश्रित बसोबास तथा सोहीअनुसारको सांस्कृतिक विविधता र संस्कारले पर्यटक तानिरहेको छ ।

नमस्ते झरना
पूर्वका चर्चित पर्यटकीय गन्तव्यहरूमध्ये नमस्ते झरना पनि पर्छ । यो फरक गन्तव्यका रूपमा परिचित छ । तराईको उखरमाउलो गर्मी छल्न चिसोपानीसँग खेल्न झरनासम्म पुग्ने गरेको छन् । सरकाी विदा र शनिवारको दिन यहाँ भिड लाग्ने गरेको छ ।

नमस्ते झरना पहाडी छाँगो हो । जहाँ ८० मिटर उचाइबाट झरेको पानीको फोहोरालाई झरनाका रूपमा देख्न पाइन्छ । एकदमै प्राकृतिक यो झरना तथा पानीको फोहोरासँग खेल्न अहिले दिनहुँ थुप्रै पर्यटक पुग्ने गरेका छन् । हाल दैनिक ३ सयभन्दा बढी पर्यटक त्यहाँ पुग्ने गरेको झरना व्यवस्थापन समितिले जनाएको छ । भारतको विहार र पश्चिम नेपालबाट शैक्षिक भ्रमण तथा अवलोकनका निम्ति पनि समूहमा झरना हेर्न पुग्ने गरेका छन् ।
पर्यटक बढ्न थालेसँगै नमस्ते झरना पुग्ने बाटो अहिले व्यवस्थित गरिएको छ । त्यस्तै, आवश्यक अन्य पूर्वाधारसमेत निर्माण हुँदैछ । नमस्ते झरनालाई जिल्ला विकास समितिले करिब दुई दशकअघि नै पर्यटकीयस्थलको रूपमा सूचीकृत गरेको थियो ।

भेडेटार कसरी पुग्ने
भेडेटार पुग्न काठमाण्डौंदेखि हवाईजहाजबाट बिराटनगर ओर्लिए पछि ट्याक्सीमा करिव ५५ किमी दुरी यात्रा गरे पछि पुग्न सकिन्छ । दिवा वा रात्री सेवाबाट काडमाण्डौबाट सिधै धरानमा उत्रिएर भानुचौकबाट रिजर्वका ट्याक्सीमा चढेर भेडेटार पुग्न सकिन्छ । भेडेटार जानका लागि धरानमा प्रशस्त रिजर्व ट्याक्सीहरु पनि पाइन्छन् । ट्याक्सी रिर्जव गर्न समस्या भए धरानको भानुचौक पूर्वपटि धरानबाट राजारानी तेह्रथुम भोजपुर खादबारी बसन्तपुर पाख्रिवास लगायत ठाउँमा जाने प्रसस्त सार्वजनिक बसहरु पाईन्छन । तीबसमा प्रतिव्यक्ति ५० रुपैया तिरे पछि भेडेटार सम्मको यात्रा गर्न सकिन्छ । धरानबाट आजभोली अटोरिक्साहरुले पनि भेडेटारसम्मको सेवा दिने गरेका छन् । भेडेटारबाट २ किमी पूर्व नाम्जेर २ किमी उत्तरको ओरालो झेर पछि नमस्ते झरना प’न सकिन्छ । अटो वा ट्याक्सीलाई यहाँ पुग्न केही थप रकम दिनुपर्ने हुन्छ ।

के छ सुविधा ?
भेडेटारमा धेरै दिन बसेर दृष्यावलोकन गर्न चाहाने पर्यटकहरुका लागि पनि सुविधायुक्त दर्जनौ होटल लजहरुको पनि व्यवस्था छ । जाडो मौसममा घुम्न जानेहरुका लागि तातोपानीमा भिजाएको कोदोको तूङमा खाना धेरै पर्यटकहरु रमाउने गर्छन् । प्रायः भेडेटार घुम्न जानेहरु कोदोको तूङमा र रागाको सुकुटी नचाखी फर्कदैनन् । नेपालीपन रुचाउनेहरुका लागि यहाँ गुन्द्रुक सिन्की लगायतका परिकार समेत पाइने व्यवसायीहरुले बताएका छन् । यहा विदेशी पर्यटकहरुका लागि इण्डीयन र चाईनिज डिस पनि तयार हुने गरेको छ । सुविधायूक्त होटलहरु प्रसस्त खुलेकाले पर्यटकहरुलाई खाना बस्न सहज बनाएको छ । यहाँ पहाडी क्षेत्रमा फलेका ताजा फलफूल तथा तरकारी पनि पाईन्छ ।

सुधारको आवश्यकता
भेडेटार घुमघाम गर्न महत्वपूर्ण गन्तव्य भए पनि यसको प्रचार प्रसार भने कमै भएको छ ।  राजधानीमा आउने विदेशी पर्यटकहरुलाई व्यवसायीहरुले पक्रिएर उतै पोखारा लगायत पश्चिम तिर लाने गरेकाछन । पर्यटन बोर्डले पनि पूर्व तिर पर्यटक ल्याउन कुनै आकर्षक योजना अघि सारेको छैन । पूर्वलाई पर्यटन बोडृले सौतेलो व्यवहार गदै आएको पर्यटन व्यवसायी स्वयम बताउछन् ।

यस्तो सुन्दर भेडेटारको थप पर्यटन प्रवद्र्धन कसरी गर्ने भन्ने कुरा सबैमा चासोको विषय बन्नु पर्ने धरानका पर्यटन व्यवसायी बासुदेव बराल बताउछन् । भेडेटारलाई अझ बढि साँच्चिकै पर्यटकीय स्थल हो भनेर नेपालभरि चिनाउन प्याकेज कार्यक्रम सरकार ितवरबाट पनि हुनु पर्ने व्यवसायीहरु ब्ताउछन् । पर्यटकको चाप अनुसार सुविधा यूक्त होटलहरु भने प्रयाप्त नभएकाले केही होटल लजहरु स्थापना गर्न आवश्यता रहेको स्थानियबासी बताउछन । हाल साना तथा ठूला होटलहरुले दैनिक ५०÷ ६० जना पर्यटकहरुलाई मात्र बस्नकालागि सेवा प्रदान गर्न सक्छन । गोष्टी सेमिनारलगायतको ठूलो संख्यामा हुने भेलाका लागि ठूला हलहरुको आवश्यता पनि खडेकिएको छ ।

पर्यटनको सम्भावना
धरानबाट भेडेटार १६ किमी उत्तरमा रहेको छ । भेडेटार धनकुटा जिल्लामा पर्ने भए पनि हरेक क्षेत्रमा धरानसँग सम्वन्ध जोडिएको छ । राजधानी लगायत बाह्य मुलुकबाट आउने पर्यटकहरु धरानको एकदिनको बसाई पछि भेडेटार पुग्छन् ।भेडेटारको प्रवेशद्धार धरान भएकाले भेडेटार आउने पर्यटकहरुको पहिलो गन्तव्य धरान बन्ने गर्दछ । धरानलाई पनि पर्यटकिय क्षेत्रको रुपमा व्यापक विस्तार गर्नु पर्ने आवश्यकता देखिएको छ । पुर्वको पर्यटकिय क्षेत्र धरान र भेडेटारलाई बनाउन धेरै सम्भावनाहरु रहेका छन् । धरानबाट भेडेटारसम्म केवलकार विस्तार गरिने हो भने पश्चिममा प्रसिद्धि कमाएको मनकामना जस्तै भेडेटारको पाथिभरा मन्दिरले पनि प्रर्यटकहरुलाई आकर्षण गर्न सक्छ । यहाँको पर्यटकीय विकास गराए यहाँ अधिक मात्रामा पर्यटकहरु भित्राउन सकिने पूवृको पर्यटन विकासका अभियान्ता कृष्ण शाह बताउछन् ।

यहाँ नजिक रहेको साँगुरीगढी पनि एउटा महत्वपूर्ण स्थल हो । निशानदेवी पाचकन्या बुढासुब्बा सेउतीमाई तमोरमाई लेउतीमाई लगायतका ९/१० वटा देवीदेउताहरुका मन्दिरहरु रहेका छन् । यी पनि पर्यटनका गन्तव्यको रुपमा विस्तार गर्न सकिन्छ । पछिल्लो समय भेडेटारबाट धरानसम्मको पाराग्लाईडिङ पनि पयृटकहरुका लागि आकर्षण बनेको छ । पोखरामा मात्र सिसमित पाराग्लाडिगको व्यवसायी विकास रविस्तार गर्न सके पोखरा जाने विदेशी पर्यटक पूर्वमा तान्न सकिन्छ ।

यातायात विद्युत संचारलगायत जस्ता पूर्वाधार यूक्त बनाउन सक्ने हो भने भेडेटार सबैका लागि सधैको गन्तव्यस्थल बन्न सक्छ । यी क्षेत्रको प्रचार प्रसार हुन सके धरानको समेत आर्थिक सामाजिक स्तरमा बृद्धि हुनेमा दुई मत छैन ।
 

Comment