h

News

शिवकुमारको हेल्लो हाई सार्वजनिक

2017-05-11

- Anuz Kulung

news

गायक शिवकुमार चौधरीको भावना एल्बममा समावेश रहेको “हेल्लो हाइ भन्नु केवल बोल्ने एउटा बहाना हो” बोलको गीतको म्यूजिक भिडियो भर्खरै युट्युब मार्फत सार्वजनिक भएको छ ।

गीतकार प्रकाश सुवेदीको शब्द र कल्याण सिंहको संगीत रहेको गीतमा – सामाजिक सञ्जाल या फोन मार्फत यूवायूवतीहरु एक आपसमा आकर्षित हुने र अन्ततः प्रेम सम्बन्धमा गाँसिने कुरा गीतकार सुवेदीले आफ्नो गीतमार्फत अभिब्यक्त गर्न खोजेको छन् ।

नायिका बर्षा शिवाकोटी र शरद रोका (विन्टर) को अभिनय, उत्सव दाहालको छायाङ्कन, शुरेश राउतको सम्पादन रहेको गीतको म्यूजिक भिडियोको निर्देशन जीवन शाहीले गरेका हुन् । भने प्रचार प्रसारको लागि एडुकेशन एण्ड माइग्रेसन कमर ले सहयोग गरेको छ ।


>> Watch this vieo too...


Comment

Related News