h

News

हङकङमा नेवारी फिल्म प्रर्दशन हुदै

news

नेवार समाज हङकङले आगमी २८ मे २०१७ मा यामातेई कम्युनिटी हल, जोर्डनमा नेवारी समाज र संस्कृतिमा आधारित चलचित्र “तुयुमति“ (स्वच्छ विचार) प्रर्दशन गर्ने भएको छ । २६ अप्रिलमा हङकङमा आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष रचना प्रधानले नेवार समाज हङकङको आर्थिक कोष वृद्धिकालागि चलचित्र प्रर्दशनन गर्न लागिएको जानकारी दिनुभयो ।

तुयुमति (तुयुः सेतो,उज्यालो,सफा, स्वच्छ, मतिः विचार) अर्थात सफा विचार, एउटा संदेश मुलक हास्य संवाद प्रधान चलचित्र हो । नेपाली समाजमा विद्यमान समस्या ! जुन सुकै मूल्य चुकाएर भए पनि वैदेशिक रोजगार को लागि देश छोड्ने , र छोड्न बाध्य बनाइने बाध्यात्मक अबस्थालाई चित्रित गरिएको छ, स्वदेशमा बसेर देखिने विदेश र विदेश मा भोगिने वास्तविकता को यथार्थ चित्रण गरिएको तुयुमति नेपाल भाषामा बने पनि हङकङमा सबैले बुझ्न सजिलो होस भनेर नेपाली भाषामै प्रर्दशन गरिने छ । साँझ साढे ६ बजे प्रर्दशन गरिने यो चलचित्र अंग्रेजी सवटाइटल समेत रहेको र सवै भाषीहरुले समेत बुझ्ने गरेर तयार गरिएको नेपाली अर्गानिक फिल्म रहेको जानकारी पत्रकार सम्मेलनमा दिईएको थियो ।

लामो समयदेखि बेलायतमा कार्यरत रहेका नेपाली कलाकार मनिषकुमार श्रेष्ठद्धारा निर्मित तुयुमति यसअघि बेलायत र जापानमा समेत सफल प्रदर्शन भईसकेको छ । मनिष श्रेष्ठको कथा रहेको फिल्ममा  पट्कथा,सम्वाद,निर्देशन आरएम नकर्मी , संगीत हरिशरण मान्नधर, सुमन कपाली, गायन मदनकृष्ण श्रेष्ठ ,बबिन प्रधान, छायांकन, कुशल श्रेष्ठ, , सम्पादन मन्दिल श्रेष्ठ निर्माता अनु श्रेष्ठ,  सह निर्माता दीपक श्रेष्ठ , देबेन्द्र श्रेष्ठ रहनुभएको छ ।

नेपाल र बेलायतमा छायाँकन भएको तुयुमतिमा मदनकृष्ण श्रेष्ठ जस्तो वरिष्ठ कलाकारहरुको समेत अभिनाय रहेको छ । मुख्य कलाकार हरुमा अर्णेस्वरी शिल्पकार, मनिष श्रेष्ठ , राजाराम पौडेल, मणि राज लवट, राजेन्द्र खड्गी ,सबिन शाक्य, हृदय प्रशाद मिश्र, सुनिता सिंह ठाकुर, कृष्ण भक्त मर्हजन, साक्षी मुल्मी राई, अनिता ताम्राकार ,ज्ञानेन्द्र शाक्य, धिरेन शाक्य , हिसिला मर्हजन, सुशील प्रजापती, गनेश राम लाछी,बिष्णु प्रजापति ,रामकृष्ण शिल्पकार,विनोद चिपालु,अनु श्रेष्ठ ,आयुष्मा श्रेष्ठ ,मार्ता हाक्युन्स, यादब भन्डारी आदि रहेका छन ।

२००५ मा हङकङमा स्थापना भएर विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ । कार्यक्रममा समाजका उपाध्यक्ष भेषमणी श्रेष्ठ र पूर्व अध्यक्ष सत्रुधन उदाशले पनि बोल्नुभएको थियो ।

Comment

Related News