h

News

सुबिका राईको प्रथम म्युजिक भिडियो सार्वजनिक

2017-04-19

Dev Raj Rai

news

नाबालकमै  बुवा कवन कुमार राई बितेपछि टुहुरी भएकी धनकुटा मुगा गाउँमा जन्मिएकी १३ बर्षीय गायिका सुबिका राईको प्रथम म्युजिक भिडियो सार्वजनिक भएको छ ।
खगेन्द्र पन्धाक लिम्बूको शब्द,संगीत, निर्देशन, क्यामरा र सम्पादनमा अन्तरा प्रोडक्सनले  निर्माण गरेको भिडियोमा बर्मा मूलकी चर्चित नेपाली मोडल सुमी लिबाङ लिम्बू, अहिलेका व्यस्त मोडल रुकमान लिम्बू सन्तोष आङदेम्बे र युगेश आङ्देम्बे आदिको अभिनय रहेको छ । जसमा प्रमूख सहायक निर्देशक जट्टेश्वेर जिरेल(कोपिल)को रहेकोछ ।

ललितपुरको सुनाकोटी च्याउडाँडा क्षेत्रमा छायाङकन गरिएको यो भिडियोमा ग्राम्य मायालाई देखाउन खोजिएको छ ।

Comment

Related News