h

News

नौ जनालाई नइ बाल पुरस्कार

2017-04-14

Admin

news

काठमाडौं, २०७३ चैत ३१ गते | नइ प्रकाशनले आआफ्नो ठाउँमा समर्पित भई प्रतिष्ठा आर्जन गर्ने ५ वर्षदेखि १५ बर्ष सम्मका नौ जना बालबालिकालाई २०७३ सालको ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।

‘नइ बाल पुरस्कार’बाट पुरस्कृत हुनेहरूमा बहुआयामिकतर्फ शाश्वत घिमिरे, साहित्यतर्फ अर्चना उप्रेती, चित्रकलातर्फ सौजन्य श्रेष्ठ, गायनतर्फ किम्ती श्रेष्ठ, नृत्यतर्फ श्रीया शाक्य, खेलकुदतर्फ कमलबहादुर थापा मगर छन् । ताम्रपत्रसहित यी पुरस्कारका राशि जनही दस हजार रूपियाँ रहेका छन् ।

यसैगरी नइ कोपिला पुरस्कार गायनमा एञ्जेल राई र नृत्यमा सम्राज्ञीश्री वस्नेतलाई समर्पण गर्ने निर्णय भएको छ । ताम्रपत्रसहित यी पुरस्कारका राशि जनही सात हजार रूपियाँ रहेका छन् ।
ताम्रपत्रसहित पाँच हजार रूपियाँ राशिको नइ चिचिला पुरस्कार प्रिन्सा विश्वकर्मालाई समर्पण गरिने भएको छ । पाँच वर्षकी विश्वकर्मालाई नृत्यतर्फ यो पुरस्कार समर्पण गरिन लागिएको हो ।
नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।  

सुप्रसिद्ध राजनीतिज्ञ खनूप्रुदे ‘रामबाबू’को प्रबल ईच्छा अनुसार सात वर्षअघि यी पुरस्कारका  स्थापना भएका हुन् । शताब्दी पुरुष डा.सत्यमोहन जोशीको ९८ औं शुभजन्मोत्सवका अवसरमा आगामी वैशाख २९ गते काठमाडौंमा नइ बाल पुरस्कारहरु समर्पण गरिने भएका छन् । सो समारोहमा शताब्दी पुरुषका सम्मानमा बाल कलाकारहरूका नृत्य र गायन पनि प्रस्तुत गरिने कार्यक्रम रहेको छ । 

Comment

Related News