h

News

चितवनमा अनलाइन बिजनेश मार्केटिङ सेमीनार

2017-03-27

Admin

news

नारायणगढ चितवन /  हाल नेपालमा फष्टाउदै गइरहेको अनलाइन मार्केटिङ बिजनेश सम्बन्धि यूवाहरुलाई जानकारी दिने उद्धेश्यले चितवनको भरपुर स्थित आइएसएमटी कलेजमा चैत्र ११ र १२ गते होम बेस अनलाइन मार्केटिङ बिजनेश सेमीनार सम्पन्न भएको छ ।

नारायणगढ स्थित स्योर जब डट कमको व्यवस्थापनमा सम्पन्न भएको उक्त सेमीनारलाई बिगत एक दशक देखि अनलाइन मार्केटिङमा आवद्ध रहदै आएका पोखराका जीतेन राई “अनुज” ले सहजीकरण गर्नुभएको थियो ।

उक्त सेमीनारमा चितवन मकवानपुर, बारा, सर्लाही, नवलपरासी लगायतका जिल्लाबाट अनलाइन बिजनेश सम्बन्धि चासो राख्ने यूवाहरुको उल्लेख्य सहभागिता रहेको थियो । यूवा पुस्तासँगै कलेज लेक्चर, सफ्टवेयर डेभ्लोपर, स्कुल शिक्षकहरुको पनि सहभागीता रहेको थियो । प्रत्येक दिन २ चरणमा संचालन गरिएको सेमीनारमा अनलाइन बिजनेशको विधि, प्रक्रियाको बारेमा जानकारी गराईएको थियो ।

<script src="//z-na.amazon-adsystem.com/widgets/onejs?MarketPlace=US&adInstanceId=d2b871de-098c-4f50-a245-2c6f065456d2"></script>

Comment