h

News

भवन निर्माणकालागि धार्मिक महोत्सव

news

धरान– धरानको ५१ बर्ष पुरानो भवनमा बसेर पठन पाठन गर्न नसकिने भएपछि शिक्षा सदन स्कुलले पुरै भवन निर्माणकालागि सात करोड रुपैयाबो बजेट स्टिमेट ग¥यो तर राष्ट्रिय पुननिर्माण योजना भित्र पर्न नसकेपछि बांसको टहरमा विद्यार्थी राखेर पठन पाठन गर्न बाध्य भयो ।

०७२ बैशाख १२ गते र २९ गतेको भुकम्पले धरानको शिक्षासदन उच्च माध्यमिक विद्यालयको सवै भवन चर्काएर क्ष्ँतिग्रस्त बनाएपछि बांसको टहरमा विद्यार्थी राखेर कक्षा संचालन गरिरहेकापनि सरकारले टेढो नजर समेत नलाउदा आर्थिक अभावकै कारण भवन निर्माण गर्न नसकेको विद्यालय व्यबस्थापन समितिले जनाएको छ ।

विद्यालय सञ्चालन गर्नका लागि १६ वटा कोठा निर्माण गर्न आवश्यक रहेको प्रधानध्यापक अमर बस्नेतले बताए । उनका अनुसार बाहिरबाट देख्दा विद्यालयको भवन सवै सग्लो देखिन्छ । ५१ बर्ष अगाडि नै बनाएकोले उक्त भवन पहिलेदेखि नै भित्ता र सिलिङहरु चकिएर झर्न थालेका थिए । इटा र सिमेण्टको आयु समेत सकिएको अवस्थामा भुकम्पले थिलथिलो बनाएपछि भवन काम नलाग्ने अवस्थामा छ ।

पुनर्निर्माण योजनामा नपरेपछि भवन निर्माणकालागि विद्यालयले आर्थिक संकलन गर्न राष्ट्र शान्ति अभियान नेपाल नामक संस्थाको सहयोगमा ‘धरान शिक्षा सदन शैक्षिक तथा धार्मिक महोत्सव गर्ने बाध्य भएको छ । विद्यालयको भवन निर्माणका लागि ७ करोड रुपैया लगानी लाग्ने भएकोले महोत्सवबाट रकम संकलन गर्ने लक्ष्य विद्यालय व्यबस्थापन समितिले लिएको छ ।

विद्यालयका प्रधानध्यापक अमर बस्नेतले भने, ‘भूकम्प पछिको पुनर्निमाणकालागि राज्यले अवौं रुपैया खर्च गरिरहेको छ । तर यो पुर्वकै पुरानो विद्यालय पुनिनिर्माण योजनामा नपरेपछि आर्थिक अभाव भएकोको छ ।’ उनले भुकम्पपछि विद्यालयका कक्षाकोठा जीर्ण अवस्थामा पुगेका कारणले भुकम्प गएको अढाई महिनापछि बिद्यालयले स्थानिय जनताबाट सहयोग संकलन गरी बासका ६ कोठे अस्थायी टहरा बनाई हालसम्म त्यसैमा पठनपाठन गराउदै आएको बताए । विद्यालयमा करिव १२ सय विद्यार्थीहरु अध्ययरत छन् । विद्यालयको आयोजना तथा राष्ट्र शान्ति अभियान नेपालको समन्वयमा धार्मिक महोत्सव विद्यालयकै मैदानमा फागुन ५ देखि १२ गतेसम्म हुने भएको छ ।

प्रअ बस्नेतका अनुसार महोत्सव अवधिभरी धार्मिक सहिष्णुता सहितको धार्मिक प्रवचन, योग शिविर, आयुर्बेद शिक्षा, जिवन जिउने कला सम्बन्धि प्रवचन तथा पुस्तक प्रर्दशनी हुने छ । महोत्सबाट उठेको रकम मध्ये व्यवस्थापन खर्च कटाएर बांकी रहेको रकम विद्यालय पुननिर्माणका निम्ति खर्च गरिने उनले बताए । विद्यालयका प्रचार प्रसार संयोजक असोक पोखरेलले विद्यालयको पुस्ताकालय लगायतका प्रशासनिक भवन र कक्षा कोठाहरु खतरायुक्त भएकाले महोत्सब आयोजनाबाट संकलन गरिएको रकमले पुननिर्माण गर्ने लक्ष राखिएको बताए ।

धार्मिक महोत्सव गरे कति रकम संकलन हुने हो यकिन छैन । शैक्षिक क्षेत्रमा योगदान दिने चाहनेले मन खोलेर दान गरेमा कम्तिमा दुइदेखि तीन करोड रकम संकलन हुने विश्वास आयोजकले लिएको छ । विद्यालयले सवै दातासंग आर्थिक सहयोगको अपिल गरेको छ ।
 

Comment

Related News