h

News

हस्तलेखनमा विश्व च्याम्पियन बने सुनसरीका मनिष

news

भरौल (सुनसरी)– भरौल–१ कालाबन्जार बस्ने १८ बर्षीय मनिष साह वल्र्ड हेण्ड राइटिङ आर्ट अर्थात विश्व हस्तलेखन कलामा विश्व च्याम्पियन बन्न सफल भएकोमा मक्ख छन् । अंग्रेजी लिपिमा उनले सन २०१५ को विश्व च्याम्पीयन बनेपनि पुरस्कार, प्रमाणपत्र र नगद दुइलाख रुपैया गतसातामात्र अमेरिकाको न्यूयोर्कबाट प्राप्त गरेपछि साच्चै च्याम्पीयन बनेकोमा विश्वस्त भएका छन् ।

हेण्डराईटिङ प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, चिन, कोरिया,  अमेरिका, युरोपदेखि सातै महादेशका विद्यार्थी प्रतियोगितहरुले सहभागिता जनाएका थिए । तर मनिष साहले बाजि मारे । शुक्रबारको कालान्जार स्थित गाउमा पुग्दा उनी पढेको विद्यालय सिद्धार्थ मेमोरियल स्कुल र अन्य विभिन्न संघसंस्थाले सम्मान गरिरहेका थिए । विद्यालयलका प्रिन्सिपल कृष्ण तामाङले मनिषले आफ्नो कला र प्रतिभामार्फत नेपाललाई विश्वमै चिनाउन मदत गरेको भन्दै नगद १५ हजार रुपैया र सम्मान पत्र प्रदान गरे ।

हस्त लेखनमा माहिर ठहरिएका मनिषले भने, ‘दुइ तीन कक्ष्ाँ पढ्दाताका मैले लेखेका अक्षरहरु राम्रो भएकाले एकजना मिस सावित्रा रिजाल ढकालले झन प्रोत्साहित गर्नु हुन्थ्यो । अलिक ठूलो कक्ष्ाँमा पुगेपछि अक्षर राम्रो बनाउने कला मैले सानै देखि आफै सिकें । पछि कम्प्यूटरले लेखेका जस्तै अक्ष्ँरहरु बनाउने लालसा बढ्यो । कम्प्युटरका विभिन्न शैलीका फन्टहरु हेर्दै हातले लेख्न थालें । यो मेहेनत खेर गएन भन्ने अहिले लागेको छ ।’

हाल इटहरीको एक उच्चमाविमा विज्ञान विषय लिएर अध्ययन गरिरहेका मनिष भविष्यमा हस्तलिखित कलाका विषयमा अरुलाई ज्ञान दिने योजनामा छन् । अक्षर लेखनमा विश्वभरीबाट प्रतिश्पर्धामा उत्रेका हजारौंलाई पछि पार्दै विश्व विजेता बनेका मनिषले हातैले लेखेका अक्षरहरु हेर्दा हातैले लेखेको जस्तो लाग्दैनन्, कम्प्यूटरले लेखेको जस्ता लाग्छन् । एउटै हारमोनी अनुसार लेखिएका उनका हस्त लिखित ती अक्षर र शव्दहरुमा एकरुपता भेटिएकाले उनी वल्र्ड हेण्ड राइटिङ् च्याम्पीयन भएका हुन् ।

वल्र्ड हेण्ड राईटिङ कन्टेस्ट गर्ने मुख्य आयोजक अमेरिकी संस्था हो । उनले पाएको प्रमाणपत्रमा आयोजक संस्थाका तर्फबाट केट ग्लाडस्टोनले हस्ताक्षर गरेका छन् । मनिषले भने, ‘युरोप र अमेरिकाका अधिकांस मानिस जन्मेदेखि नै अंग्रेजी भाषा र अक्षरसंग परिचित हुन्छन् । नेपाली भाषीले उनीहरुको अंग्रेजी मातृ लिपि भाषामा लेखिएको हस्ताक्ष्रले पुरस्कार जित्छ भन्ने कल्पना पनि गरेको थिइन ।’

वल्र्ड हेण्डराईटिङ प्रतियोगिता २०१५ को पुरस्कार, प्रमाणपत्र र दुइ लाख नगदराशी अमेरिकाबाट आएको छ लिन आउनु भनी काठमाण्डौबाट नेपालका आयोजक नेपाल हेण्डराइटिङ कन्टेस्टका प्रतिनिधि इन्दिरा डंगोलले फोन गर्दा उनले पत्याएनन् । उनले भने, ‘मैले पनि प्रतियोगितामा भाग लिएकाले मलाई जिस्काउन कसैले जोक्स वा प्राङ्क गरेको ठानें । सम्झें, अप्रिल फुल पनि पनि होइन । निकैबेर कुरा गरेपछि मात्र विश्वास लाग्यो । बाजी मारेकै रहेछु ।’

    दुइ कट्टा जमिनमात्र भएपनि कालाबन्जारमा धान चामल व्याबसाय र चामल मिल संचालन गर्दै आएका उनका बाबु लक्ष्मण साह र आमा फुलकुमारीले आफ्नो छोराले कुलको इज्वतमात्र नराखेर हेण्डराइटिङ आर्टमा नेपाल र नेपालीको नामको इतिहास बनाउन सकेकोमा गर्व लागेको बताए । लक्ष्मणले भने, ‘छोरा विश्व च्याम्पियन होला भन्ने सोचेको थिइन । आज उसको कारणले समाजमा हाम्रो पनि इज्वत बढेको छ । खुशी लाग्छ ।’

    उनलाई पढाउने प्रिन्सिपल कृष्ण तामाङले मनिषले वल्र्ड हेण्डराइटिङ प्रतियोगितामा विश्व विजेता बनेकोमा गर्व लागेको बताए । उनले भने, ‘नेपाली किशोर मनिषले अंग्रेजी लिपिमा आफ्नो दख्खल देखाएर विश्वका मै हुं भन्ने अंग्रेजी लिपिकारहरुलाई पनि पराजित गरे । तर नेपाल सरकार र मिडियाहरुले भने खोइ किन हो चासो नदेखाउनुलाई बुझ्नै सकिएन ।’

Comment