h

News

धरानका सामुदायिक विद्यालयहरुमा प्रोजेक्टर र सिसि क्यामेरा जडान गर्ने लहर चल्यो

news

धरान– नेपाकै शैक्षिक हव सेन्टरको रुपमा रहेको धरानका सामुदायिक विद्यँलयमा सिसि क्यामेरा र प्रोजेक्टर (श्रव्य–दृष्य) प्रयोग गर्ने लहर चलेको छ । विद्यार्थीको शैक्षिक गुणस्तर बढाउन सामुदायिक विद्यालयहरुले प्रोजेक्टर र सिसि क्यामेरा प्रयोग गर्न थालेका हुन् ।

धरानको पव्लिक उमावि, पाकन्याको सरस्वती उमावि र चौकीबारीको किरातेश्वर माविमा सिसि क्यामेरा र प्रोजेक्टर प्रयोग गरिएको छ । प्रोजेक्टर प्रयोगले शिक्षक र विद्यार्थीमा नया आधुनिक प्रविधिमार्फत ज्ञानको दायरा बढाउन सक्ने र सिसि क्यामेराले आचरण, अनुसासन र म–यादा कायम राख्न मदत पुग्ने भएकाले दुइ प्रविधिको सहयोगमा शैक्षिक गुणस्तरमा वृद्धि हुने विश्वास लिएएको छ ।

पछिल्लो पटक धरान–१९ चौकीबारीको बालकचोकमा रहेको किरातेश्वर माध्यमिक विद्यालयमा प्रोजेक्टर र सिसि क्यामेरा जडान गरिएको प्रधानध्यापक योगेन्द्र पालुङ्वाले बताए । उनले भने, ‘पछिल्लो समयमा विद्यालयहरुले कम्प्युटर शिक्षालाई समेत जोड दिदै विद्यालयमा अध्ययनरत  विद्यार्थी तथा शिक्षकहरुलाई अनुशासनमा राख्न र शैक्षिक गुणस्तर बढाउन प्रोजेक्टर र सिसि क्यामेर जडान गरिएको हो ।’

उनका अनुसार चौकीबारी हङकङ समाजले सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको शैक्षिक स्तर वृद्धिकालागि भनेर ५ वटा सिसी क्यामेरा, १० वटा कम्युटर, प्रोजेक्टर, एउटा ल्यापटप, लोडसेडिङको समयमा समेत कक्षा सुचारु गर्न तथा विद्यालयको गतिविधि थाहा पाउन सजिलो होस् भन्ने उद्देश्यले सोलार र इन्भटर समेत प्रदान गरेको प्रअ पालुङ्वाले बताए । उनले भने, ‘यी सामाग्री  मर्मत संभारका लागि १ लाख ११ हजारको अक्षय कोष समेत विद्यालयको नाममा राखिदिएको छ ।’

किरातेश्वर माविको बालकक्षा, कक्षा ९ र १० लाई प्रोजेक्टरबाट अध्यापन गराउन शुरु गरिएको छ भने बालकक्षामा भने भिडियो प्रविधिबाट समेत पढाइ शुरु गरेको छ । विद्यालयको गतिविधिलाई नियाल्न विद्यालयले तीनवटै कक्षामा सिसी क्यामेरा जडान गरिएको छ । विद्यालयले कम्प्युटर ल्याब, कक्षाकोठा बाहिरको गतिविधि नियाल्न सिसी क्यामेरा जडान गरेको छ ।

सुरक्षा  अवस्था थाहापाउने उदेश्यले व्यापारी व्याबसायी, ट्राफिक र प्रहरी प्रसासनिक निकाय र बैंक तथा वित्तीय संस्थाहरुले सिसि क्यामेरा जडान गर्ने गरेका थिए । भिडियो, सिनेमा, प्रदर्शन, एनजिओ आइएनजिओले आफ्नो कार्यक्रम देखाउन प्राजेक्टर प्रयोग गर्दै आएका थिए । तर पछिल्लो समयमा सिसि क्यामेरा र प्रोजेक्टरलाई शिक्षासंग जोडेर विद्यार्थीको ज्ञानको दाययरा फराकिलो बनाउन प्रयोग हुनुलाई सकारात्मक मानिएको छ ।

धरानमा यसअघि वडा २०मा पर्ने पाचकन्यास्थित सरस्वति माविले गत बर्षदेखि नै प्रोजेक्टर प्रविधिबाट विद्यार्थीलाई पढाउन सुरु गरेको थियो । धरानकै सवैभन्दा पुरानो शैक्षिक संस्था पब्लिब उच्च मावि र अन्य सामुदायिक विद्यालयले पनि धमाधम सिसि क्यामेरा र प्रोजेक्टर प्रविधि भित्राउन थालेको  छ ।

समुदायिक विद्यँलयको शैक्षिक गुणस्तर खस्केको, पुरानै शिक्षण शैलीमात्र अपपनाएको, विद्यार्थीहरु अनुशासित नभएको आरोप लागिरहेको बेला प्रोजेक्टर प्रयोग र सिसि क्यामेर जडानले शिक्षामा नया फड्को मार्ने विश्वास पलाएको स्थानीय अभिभावक बुद्धिमान सुनुवारले बताए । उनले भने, ‘शैक्षिक गुणस्तर खस्केको भनेर नै अभिभावकले सामुदायिक विद्यालयमा नानीहरु भर्ना गर्न हिचकिचाउने गरेका छन् । तर शैक्षिक गुणस्तर वृद्धि गर्न नया नया प्रविधिसंगै अगाडि बढे सामुदायिक विद्यालयको स्तरोन्नती हुन्छ ।’

किरातेश्वर मावि व्यबस्थापन समितिका निवर्तमान अध्यक्ष समेत रहेका उनले पाठ्य सामाग्रिमा भएको कतिपय विषय बस्तु विद्यार्थीले देख्न, सुन्न नपाई घोकेको भरमा जान्नु पर्ने भएकाले प्रोजेक्टर जस्तो श्रव्यदृष्यमार्फत पठानपाठन गर्दा भर्चुअलरुपमा पर्दामा देखेपछि घोक्नै नपर्ने बताए ।

जिल्ला  शिक्षा  कार्यालय सुनसरीका स्रोत व्यक्ति खेमचन्द्र सुवेदीले विद्यार्थी र शिक्षकले प्रोजेक्टर र सिसि क्यामेराको भरपुर फाइदा लिन आवश्यक भएको बताए । उनले भने, ‘विद्यालयमा अनुसासन, म¥यादा कायम रहे शिक्षाको गुणस्तर बढ्छ । र कतिपय अवस्थामा शिक्षकले व्यक्त गर्न नसकेको अवस्थामा श्रव्यदृष्य माध्यमले गरिएको पठानपाठनले विद्यार्थीले सहजनै ज्ञानआर्जन गर्ने छन् ।’

फोटो क्यााप्सन
सिसि क्यामेरा नियन्त्रण कक्षमा बसेर कक्षाको गतिविधि नियाल्दै किरातेश्वर माविका प्रअ योगेन्द्र पालुङ्वा । तस्वीरः प्रदीप मेन्याङ्बो
 

Comment

Related News