h

News

धेरैजनासंग यौनसम्पर्क गर्ने महिलाहरुमा पाठेघरको मुखको क्यान्सरको बढ्दो जोखिम

news

असुरक्षित यौन सम्पर्क गर्ने महिलाहरुमा पाठेघरको मुखको क्यान्सरको जोखिम सवैभन्दा बढी रहेको पुर्वमा गरिएको एक अनुसन्धानले देखाएको छ । पछिल्लो समयमा महिलाहरुकालागि ज्यानमारा रोगको रुपमा पाठेघरको मुखको प्रि–क्यान्सर देखा परिरहेको अनुसन्धानमा सम्लग्न चिकित्सकले बताएका छन् । धेरैजना पुरुषसंग यौनसम्पर्क राख्ने, सानो उमेरमा धेरै सन्तान जन्माउने महिलामा  पाठेघरको मुखको क्यान्सर हुनसक्ने अनुसन्धानले देखाएको छ ।

स्थानीय संघसंस्थासंग मिलेर पाच बर्षअघिदेखि पुर्वका विभिन्न जिल्लामा ‘महिलाहरुको पाठेघरको मुखको क्यान्सर जांच सम्बन्धी निशुल्क स्वास्थ्य शिविर’ संचालन गर्दै आएका गाइनो अंकोलोजी विषेशज्ञ एडिसनल प्रोफेसर डा पप्पु रिजालले बेलैमा रोग पहिचान गरेमा सामान्य खर्चमा उपचार गर्न सकिने बताए । उनले भने, ‘तर गाउ वा शहरका अधिकांस महिलाहरु सिकिस्त नभएसम्म अस्पताल नपुग्ने भएकाले अन्तिम चरणमा पुगेको पाठेघरको मुखको क्यान्सरको उपचार खर्चिलो र ज्यान बचाउन पनि चिकित्सकलाई गाह्रो छ ।’

महिलामा हुने पाठेघरको मुखको क्यान्सर बारे बेलैमा सचेत हुन र उपचार गर्न प्रेरित गर्दै आएका विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्त्री तथा प्रसुती रोग विभागमा कार्यरत गाइनो अंकोलोजी (महिला प्रजनन अंगको क्यान्सरको उपचार, शल्यक्रिया) विषेशज्ञ डा रिजालले सन २०१२ देखि हालसम्म पुर्वका ३० देखि ६० बर्षका महिला मध्ये १८ हजार महिलाहरुमा सर्भिकल इन्ट्राएपिथिलियल नियोप्लासिस Cervical intraepithelial neoplasia सिआइएन परीक्षण गरिसकेका छन् । उनले भने, ‘१८ हजार महिलाको सिआइएन गर्दा करिव एक हजार जनामा प्रि–क्यान्सरको लक्ष्ँण पहिचान भएको छ । उनीहरु सवैले उपचार गरिरहेका छन् । कतिपयको तेश्रो र चौथो स्टेजमा पुगेकाले भरतपुर र भक्तपुर क्यान्सर अस्पताल रिफर गरिएको छ ।’  

महिलाको पाठेघरको मुखमा हुने क्यान्सरको पुर्व अवस्था पत्ता प्रत्येक साताको शनिबार विादको दिन पारेर सुनसरी, मोरङ, झापा, सप्तरी, सिरहा र उदयपुरका विभिन्न क्षेत्रमा निशुल्क शिविर संचालन गर्दा धेरै महिलामा पाठेघरको प्री–क्यान्सरको लक्षण देखिएको डा रिजालले बताए ।

पाठेघरको मुखको क्यान्सर पहिचान गर्न भिज्युअल इन्स्पेक्सन वीथ एसिटिक एसिड (भिआइए) मार्फत स्क्रीनिङ गर्ने गरिएको उनले बताए । उक्त स्क्रिनिङ अवको १० देखि १५ बर्षपछि पाठेघर मुखको क्यान्सर हुने नहुने पत्ता लगाउन सकिने स्वास्थ्य प्रविधि हो । तर अधिकांस महिलाहरु आफ्नो यौनाङ्ग पाठेघरको स्वास्थ्यप्रति सचेत र संवेदन शील नहुदा बर्षेनी हजारौं महिला मृत्युको मुखमा पुग्ने गरेको उनको भनाई छ ।
के कारणले महिलाको पाठेघरको मुखको क्यान्सर हुन्छ भन्ने तथ्य ठोसरुपमा पत्ता नलागेपनि उनको अनुसन्धानले  पाठेघरको मुखको क्यान्सर ९० प्रतिशत असुरक्षित यौन सम्पर्क गर्दा पापिलोमा भन्ने भाइरसको कारण हुने गरेको देखिएको छ । उनले भने, ‘धेरै जनासंग असुरक्ष्ँित यौन सम्पर्क गर्नबाट बच्न सके पाठेघरको मुखको क्यान्सर हुनबाट जोगिन सकिन्छ ।’ अष्टे«ेलिया र इटालीबाट पाठेघरको मुखको क्यान्सर सम्बन्धी अध्ययन र तालिम प्राप्त उनले प्रत्येक पाच पाच बर्षमा भिज्युअल इन्स्पेक्सन वीथ एसिटिक एसिड भिआइए परीक्षण गरेर भविष्यमा हुने रोगबारेमा बेलैमा पत्ता लगाउन सकिए हजारौं महिलाको ज्यान बचाउन सकिने बताए ।

यौन तथा प्रजनन अंगमा निकट भविष्यमा हुने क्यान्सर बारे बेलैमा पहिचान गरेर उपचार पछि ढुक्क हुनु पर्नेमा शिक्षित र शहरी क्षेत्रका महिलाहरुलाई समेत स्थानीय महिला स्वयम्सेवीहरुले स्वास्थ्य परिक्षण गर्न प्रेरित गर्नु पर्ने अवस्था रहेको उनले बताए । महिला प्रजनन् अंगको क्यान्सर उपचारका राष्ट्रिय प्रशिक्षक समेत रहेका उनले राज्यस्तरबाटै पाठेघरको मुखको क्यान्सर बारे दीर्घकालिन कार्ययोजना बनाउनु ढिलो भएको बताए ।

 महिलामा हुने सम्पूर्ण क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो नम्बर छ । त्यसपछि मात्र स्तन क्यान्सर, फोक्सोको क्यान्सर र तल्लो आन्द्राको क्यान्सर रहेका छन् । उनले भने, ‘पाठेघरमा असामान्य कोषहरू अनियन्त्रित रूपमा वृद्धि हुदा पाठेघरको क्यान्सर हुन्छ ।’ जनचेतनाको अभावले लाज शर्मका कारण महिलाहरू नियमित रूपमा प्रजनन अंगको चेकजंँच नगर्दा पाठेघरको मुखको क्यान्सरबारे थाहा पाउन ढिलो हुन्छ ।

पाठेघरमा असामान्य कोषहरूको वृद्धि भएपछि पाठेघर सुन्निने, मासु, फोका वा गुच्छाजस्तो पलाउने, क्यान्सरमा परिणत हुने फाइब्राइड, पोलिप्स आदि मृत्युको कारक हुने उनले बताए । समयमै पाठेघरको क्यान्सरको निवारण नगरेमा पाठेघरका अर्बुद कोषहरू लिम्फ नलीमार्फत लिम्फ ग्रन्थिहरूमा पुग्ने र त्यहाबाट रक्तनली हुदै फोक्सो, कलेजो, हड्डी तथा मस्तिष्कमा पनि असर पु-याउने उनले बताए ।
 

Comment

Related News