h

News

हाइकिङबाट चिनिदै धरान आसपासका क्षेत्र

news

फेशन दिनभरीको धुलो धुवा, ध्वनितप्रदुसण, ट्राफिक जामबाट वाक्क भएकाहरुकालागि धरानबाट दुइ किलोमिटर बाहिरको वातावरण अचेल लोभलाग्दो हुन थालेको छ । सातामा एकदिन भएपनि स्वच्छ सफा, शान्त वातावरणका वीच पैदल यात्रा गर्दै रमाउने चलन नया पुस्तामा बढ्दो छ ।

मोडलिङ र जर्नालिज्ममा रुची राख्ने धरान– १० धर्मपथ बस्ने १८ बर्षीया इक्सा मादेन, उनका साथी मेरिना तुम्सा प्रेरणा राई, सेप्माङ देवान, टीना चोङ्बाङ, विक्रम मादेम्बा, माया मादेम्बा, कमानसिं याम्फु, रोजा राईदेखि अग्रज पुस्ता मानिएका श्याम राई धरान आसपासको पर्यटकीय स्थल अवलोकन गर्न प्रत्येक साता सामुहिकरुपमा घुम्न जाने गरेका छन् ।

हाइकिङले धरानमै जन्मेपनि आसपासका सुन्दर रमणीय र पुरातात्विक पर्यटकीय स्थल बारे जानकारी नभएका नया पुस्तालाई भने पर्याप्त जानकारी भएको छ । मोडलिङ र रेडियो पत्रकारितामा भिज्दैआएकी मेरिना तुम्साले भनिन्, ‘हाइकिङ जानथालेपछि मात्र धरान आसपासका सुन्दर, शान्त प्राकृतिक वातावरणले भरिएको रमणीय स्थलहरुका बारेमा जानकारी भयो । शहर र शहर बाहिरको वातावरणमा धेरै भिन्नता रहेको पाए ।’ उनी धनकुटाको मौनाबुधुकमा जन्मेपनि धरानमा संघर्ष गर्दै आउदा धरानमात्र बुझेकी थिइन् ।

प्लस टु अध्ययन सकेकी इक्सा मादेन धरानमै जन्मेर पोखरा, दार्जिलिङ जस्ता नाम चलेको क्षेत्रको जानकारी रखिन तर आफ्नै शहर नजिकैको पर्यटकीय स्थलको ऐतिहासिक, पुरातात्विक धार्मिक पर्यटकीय महत्वबारे अनभिज्ञ रहेको अवस्थाम हाइकिङले नया ज्ञान प्राप्त भएको बताइन् ।

विज्ञान विषय लिएर स्नातक अध्ययन गर्दै रेडियो पत्रकारिता समेत गरिरहेकी इक्साले भनिन्, ‘हामी पर्यटनको कुरा गर्छौ तर चर्चित स्थलको बारेमा मात्र गर्दा रहेछौं । जवकि धरान आसापका क्षेत्र पनि ऐतिहासिक पुरातात्विक र रमणीय स्थल रहेछन् भन्ने बल्ल थाहा भयो ।’

उनका दौतरीहरु स्वरुपा थापा मगर धरानको फेशन मोडलिङमा विगत तीन बर्षदेखि सक्रिय भएपनि धरान आसपासका क्ष्ँेत्रमा कहिलै पुगेका थिएनन् । उनीहरु धरानमै जन्मे, हुर्के, पढे, बढे पनि धरानको शहरीया संस्कृतिमा रमाउदै आएका थिए । धराने हाइकर्ष समुहमा आवद्ध भएपछि धरान आसपासका क्षेत्र पनि पर्यटकीय ऐतिहासिक र रमणीय भन्दै त्यसको प्रचार प्रसार गर्न नियमित हाइकिङ यात्रा जान थालेपछि उनीहरुले गाउको बास्तविकता थाहा पाएको बताए ।

पुर्वका विभिन्न म्यूजिक भिडियोमा मोडलिङ गर्दै स्थानीय एफएममा कार्यरत धरान–१३ अमरहाट बस्ने स्वरुपाले भनिन्, ‘सिनियर पत्रकार दाईहरुसंग हाइकिङ जादा नया नया ज्ञान पाइन्दो रहेछ । आफ्नो रेडियो कार्यक्रमको इस्यू पनि भेटिन्दो रहेछ भन्ने बल्ल थाहा भयो ।’

फेशन मोडलिङ गर्दा गर्दाै पाएको शिक्षण पेशालाई समेत त्यागेर ६ महिना देखि विजयपुर एफएममा रेडियो जर्नालिष्ट बनेर कार्यक्रम उत्पादन गर्दै आएकी मेरिनाले भनिन्, ‘हाइकिङ यात्राले नयापुस्तालाई आफ्नो घर आंगन नजिकै बस्ने छिमेकीको बारेमा ज्ञान दियो । धरान उपमहानगरपालिका भित्रै पनि पानी, विद्युत, सडक, नपुगेका, शिक्षा स्वास्थ्यको पहुच नभएको गाउ ठाउको यात्राले धरानको एकखाले बास्तविकता उजागर गरेको थाहा भयो भने उतिकै रमणीय, पर्यटकीय भएको पनि जानकारी पाउन सकियो ।’

धरान उपमहानगरपालिका भित्रै पर्ने दानबारीबारे, सेनकालमा अपराधीलाई दण्ड सजाय दिने ठाउ सुलिकोट, किरातकालिन प्रस्तर स्तम्भ भएको ठिङ्गाबारी, व्रिटिस गोर्खाहरुले ५० करोड भन्दा बढी लगानी गरेर निर्माण गरिरहेको गोर्खा स्मृति पार्क माछामारा डाडा, धरानमा व्रिटिस घोपा क्याम्प स्थापना गर्दा खानेपानी पानीको मुहान बनाएको शिवजट्टा झर्ना, सिकारबास (हाल शिखरबास), धरानको सवै दृष्य देखिने निसाने डाडा, कोशी राजमार्ग नखुल्दा धरान धनकुटा–ताप्लेजुङ जाने पैदल यात्रीहरुले प्रयोग गरेको पुरानो बाटो च्युरीबासको ओरालो उकालो, हङकङको थाउजण्ड बुद्ध र विग बुद्ध मिलाए थाउजेण्ड वीग बुद्धको प्रतिमा बन्दै गरेको छोटीमोरङ, धरानको दृष्य हेर्ने र प्याग्लाइडिङ गर्ने चिण्डे डाडा, भालु ढुङ्गा, विष्णुपाुदका धाम, लिम्बुवानकालिन ऐतिहाहिक लिम्बुवानको सामारिक महत्वको गढी सांघुरी गढी हाइकिङ यात्राका गन्तव्य भएका छन् । यी सवै गन्तव्यहरु धरान उपमहानगरपालिका क्षेत्र भित्रै रहेका छन् ।

धराने हाइकर्स समुहले धरान क्षेत्रका नया पर्यटकीय गन्तव्य स्थलहरु पहिचान गर्दै विभिन्न क्षेत्रमा काम गर्न रुची भएका नया पुस्तालाई समुहमा आवद्ध गराउदै आएको समुहका अगुवा संचारकर्मी भैरव आङ्लाले बताए । उनले भने, ‘शहरको धुलो, धुवा, ध्वनी प्रदुशण, दौडधुपबाट एकदिन भएपनि मुक्त भएर नजिकैका रमणीय स्थल घुन्ने, अवलोकन गर्ने, रिपोटिङ गर्ने, पर्यटनको सम्भावना पहिचान गर्नेकामा नया पुस्ताले रुची देखाएका छन् ।’

धराने हाइकर्स समुहले निश्चित उदेश्य राखेर हाइकिङ यात्रा जान थालेपछि पछिल्लो समयमा आधादर्जन समुह पनि धरान आसपासका क्षेत्रमा हाइकिङ जान थालेका छन् । समुहमा १० जनदेखि ३० जना नियमित रुपमा साताको एकदिन यीमध्ये कुनै न कुनै ठाउ जाने, त्यहाको पर्यटन प्रवद्र्धन गर्ने गरेका छन् । उनीहरुले आन्तरिक पर्यटनमा सघाउ पु¥याएका छन् ।

एविसि टेलिभिजनका पुर्वाञ्चल संयोजक समेत रहेका हाइकिङ अगुवा आङ्लाले भने, ‘झट्ट सुन्दा हाइकिङ यात्रा रमाइलोकालागि जस्तो दिन भर हिडेको लाग्न सक्छ । तर हामीले गरेको रमाइलोसंगै धरान आसपासका गाउघर, त्यहाको पर्यटकीय महत्व, गाउले जनजीवनको पनि रिपोटिङ बनाउने, अरुलाई सुनाउने, रेडियो र मा ती क्षेत्रको प्रचार प्रसार गर्ने गरेका छौं ।’
 

Comment