h

Biography

  • news

    विदुषी बुलु शर्माको कथा

    बुलु शर्मा सत्याल संवत् १९८५ भदौ २२ गते बनारसको नामी रामपुराको नेपाली कोठीमा जन्मेकी थिइन् । शर्माका अनुसार त्यस घडी बनारसमा त्यो घर नेपाली कोठीका रूपमा प्रख्यात थियो । जमिनदार शारदाप्रसाद उपाध्याय र सुशीला उपाध्यायकी छोरी शर्माले त्यसै घरमा कखरा पढिन् । धनीकी छोरी भए तापनि उनले लगातार स्कुल गएर पढ्न पाइनन् । सात कक्षा पढ्दापढ्दै यिनले फेरि स्कुल छाड्नुपरेको थियो...

  • news

    एउटा शक्तिशाली गायकको कथा: हामीलाई एक्लै छाडी पन्नाकाजी पनि हिंडे

    *** तिरिरी मुरली बज्यो बनैमा लौ माया नमारे कसको यो सम्झना मेरो मनैमा लौ माया नमारे । (स्वर : पन्नाकाजी, सङ्कलन : सरोजकुमार शाक्य) नेपाली सङ्गीतका शिखरमध्ये एउटा अर्का विशष्टि शिखर अथवा भनौं पन्नाकाजी शाक्य पनि अब हामीबाट विदा भए । २०७३ सालको माघ १२ गते एकाबिहानै यस धर्तीबाट उनको भौतिक चोला उठ्यो । पन्नाकाजी पुरानो पुस्ताका सङ्गीत श्रोताहरूको अत्यन्तै मन पर्ने नाउँ हो । उनी...

  • news

    सौतेनी आमाले हेप्ता क्रिश्चियन बनेका : पादरी गङ्गाप्रसाद प्रधानको जीवनकथा

    पादरी गङ्गाप्रसाद प्रधान नेपाली भाषा भनेपछि प्राणको पनि बाजी मार्थे । नेपाली बोलीमा उनको मोह जोडिएको थियो । रूपनारायण प्रधान तथा राजमती प्रधानका छोरा गङ्गाप्रसाद प्रधानको जन्म १९०८ असार २२ गते ठंहिटी, काठमाडौंमा भएको थियो । गङ्गाप्रसाद सानो हुँदा उनकी आमा स्वर्गीय भइन् । रूपनारायण काठमाडौंको हनुमान ढोका दरबारमा द्वारे थिए । श्रीमती खसेपछि उनी काठमाडौंमा टिक्नै सकेनन्...

  • news

    डा. लक्ष्मीनारायण प्रसादको जीवनकथा - आँखा, कान, नाक र घाँटीका पहिलो विशेषज्ञ

    नरेन्द्रराज प्रसाई ~~~ डा. लक्ष्मीनारायण प्रसाद नेपाली धरामा मन, वचन र कर्ममा समर्पित नाउँ हो । उनी समाज सेवाका फाँटमा एक जना सुपरिचित व्यक्तित्व थिए । डा.द्वारिकाप्रसाद श्रीवास्तव र आमा सुनैनादेवीका सुपुत्रका रुपमा लक्ष्मीनारायणको जन्म १९८६ साल माघ ५ गते रौतहटमा भएको थियो । अनि उनको बिवाह उन्नाईस वर्षको उमेरमा किरणमइदेवीसँग भएको थियो । समाजसेवामा जुट्ता डा.प्रसाद...

  • news

    संस्कृतिमा फैलिएकी भारती खरेल

      - नरेन्द्रराज प्रसाई   भारती खरेल एउटी प्रतिभासम्पन्न कवयित्री हुन् । खरेल उपन्यासलेखनमा पनि स्थापित नाउँ हो र कथा, नाटक एवम् निबन्धलेखनका फाँटमा पनि उनले आफ्नो सृजनात्मक हैसियत कायम गरेकी छन् । खरेलले आफ्नो साहित्यिक यात्रामा हिँड्दै जाँदा २०४६ सालमा 'एउटी आमाको कथा' नामक सामाजिक उपन्यास लेखिन्, फेरि उनले २०४६ सालमा 'गङ्गा जमुना' नामक अर्को सामाजिक उपन्यास...

  • news

    कहाँ दुक्छ घाउ - हरिभक्त कटुवाल

    कतिकति आँखाहरु बाटो छेक्न आँउछन् परेलीमा बास माग्न कति आँखा धाँउछन् ।     हरिभक्त कटुवाल जति रसिक थिए त्यति नै पीडादायी जिन्दगी भोग्ने क्रममा पनि बाँधिएका थिए । उनी हाँस्ता पनि रुन्थे र रुँदा पनि हाँस्थे । उनी प्रकृतिप्रेमी कवि थिए तर प्रकृतिले उनलाई धोकैधोका दिएको थियो । यति हुँदाहुँदै पनि नेपाली भाषासाहित्य संसारमा उनी चिरञ्जीबि भए । उनलाई धेरैले माया गरे ।...

  • news

    बालकृष्ण समको सङ्क्षिप्त परिचय

    समरशमशेर तथा कर्ीर्तिराज्यलक्ष्मी राणाका सुपुत्र बालकृष्णशमशेर जबराको जन्म १९५९ साल माघ २४ गते काठमाडौंको ज्ञानेश्वरमा भएको थियो । बालकृष्ण समले दरबार हाइस्कुलमा दशौं कक्षासम्मको अध्ययन गरेपछि कोलकाताबाट म्याटि्रक गरे । त्यसपछि उनले त्रिचन्द्र कलेजमा विज्ञान पढेे । त्यसै बखत उनी सैनिक सेवाको कप्तानमा पनि प्रवेश भए । लेफ्टिनेन्ट कर्र्णोल भएपछि बालकृष्णले सैनिक सेवा...

  • news

    नेपालको कला र पुरातात्विक विषयलाई अन्तराष्ट्रिय जगतमा थप चिन्हाउने नेपालका गौरवः लैनसिंह वाङ्देल

     लैनसिंह वाङ्देलको जन्म १९८१ साल पुस ७ गते दार्जीलिङको तकभर चिया कमानमा भएको थियो । उनी रङ्गलाल र्राई र विमला र्राईका कान्छा छोरा थिए । रङ्गलाल र्राई भन्नु त्यहाँ सिकर्मीको काम गर्थे र पछि उनी चिया कमानको क्लर्क भए । साथै आमा विमला र्राईचाहिँ लैनसिंह जन्मेको डेढ वर्षा नै स्वर्गीय भइन् । वाङ्देल सानैदेखि जेहेन्दार थिए । उनले दार्जीलिङ हाइस्कुलमा पढे । म्याटि्रक पास...

  • news

    विश्व नारी रत्न ः वानीरा गिरी

    मान्छे जूनको अनुहार अघिल्तिर प्रकाश र उज्यालो पछिल्तिर कुरूपता र अनन्त अन्धकार यस अर्थमा जून एउटी किचकन्नी हो । डा.वानीरा गिरीका कवितामा गहनता ढाकिएका हुन्छन्, वास्तविकता ओगटिएका हुन्छन् र यथार्थता भरिएका हुन्छन् । गिरी कवितामा जीवन लेख्छिन् र जीवनै कवितामा लेख्छिन् । गिरीका भावभावमा अर्थको साङ्ले पुल जोडिएको हुन्छ । त्यसैले उनी कवितामय धर्तीको गीत लेखेर थाक्तिनन्,...

  • news

    किराँत विभूति इमानसिंह चेम्जोङ

    नेपाली बुद्धिजिवीका आँखामा बसेका बुद्धिजीवी थिए इमानसिंह चेम्जोङ । उनी लिम्बु किराँतीहरुका बृहद् शब्दकोश थिए । त्योभन्दा ठूलो कुरा उनी किराँत सम्प्रदायका बौद्धिक शङ्कराचार्य थिए । पढेर र परेर उनी जनमनमा पसेका थिए । त्यसैले सम्बन्धित विषयमा नेपाली पटभूमिमा नै उनको हैसियतले जनप्रियता हासिल गरेको थियो । उनले गरेको सर्वांङ्गिण योगदानको कदर गर्दै नेपाल सरकारले पनि उनको...

  • news

    भूगोलमा नारायणगोपाल

    नरेन्द्रराज प्रसाई एउटा मान्छेको मायाले कति फरक पर्द छ जिन्दगीमा     एउटा साथीको साथले कति फरक पर्दछ जिउनुमा । (स्वर ः नारायणगोपाल, सङ्गीत ः दीपक जङ्गम, शब्द ः चाँदनी शाह) नारायणगोपालले गाएका प्रायः प्रत्येक गीतले जनजनको ह्दयको ढुकढुकीलाई छुने गर्छन् । नेपाली गीतिसंसारमा नारायणगोपाल नै एउटा भाग्यमानी गायक हुन् जो नेपालका प्रत्येक गाउँबेसी, पहाडकन्दरा र तराईका...